२०८३ भदौ २१ आइतवार , ०८:५५:२८ बजे

Sajhamanch
'

पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै कांग्रेस

मङ्गलवार, भदौ २, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म तय भएको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन लागेको हो ।

दिउँसो २ बजे कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा प्रशिक्षण कार्यक्रम हुने कांग्रेसले बताएको छ । गगनले यसलाई १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरुआतको पहिलो चरण भनेका छन् ।

सम्बन्धित खबर