२०८३ भदौ २१ आइतवार , ०८:०६:२३ बजे

Sajhamanch
'

१३ किलो अफिमसहित दुईजना पक्राउ

मङ्गलवार, भदौ २, २०८३

नेपालगन्ज । बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुईजना पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भन्ने टाइपसिंह गिरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गर्न एक राउन्ड हवाइफायर समेत गरिएको थियो ।

सम्बन्धित खबर