२०८३ भदौ २१ आइतवार , ०८:०३:२३ बजे

Sajhamanch
'

कोशी सरकारमा नेकपाको इन्ट्री, मन्त्रीहरुले सपथ पछि सम्हाले कार्यभार

सोमवार, भदौ १, २०८३

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमति कार्यान्वयन गर्दै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । सहमति बमोजिम आज नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको हो ।

नेकपाले सरकारमा चार महत्वपूर्ण मन्त्रालयसहित पाँच जनालाई पठाएको छ । नेकपाबाट नियुक्त भएका पाँच जनामध्ये तीन जना महिला छन् । नेकपाबाट गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा सरकारमा पठाएको छ ।

नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराउनुभयो । सोही अवसरमा राज्यमन्त्री दर्जीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराउनुभएको थियो ।

नयाँ सत्ता समीकरण र समावेशी मन्त्रिमण्डलले प्रदेश सरकारको कार्यसम्पादनमा थप गति दिने अपेक्षा गरिएको छ । आजै मन्त्रीहरु मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

सम्बन्धित खबर