२०८३ भदौ २१ आइतवार , ०९:१३:५५ बजे

Sajhamanch
'

विराटनगरका सात आँखा अस्पतालमा एकैसाथ शिलबन्दी

बिहिवार, साउन २८, २०८३

विराटनगर । विराटनगरमा रहेका सातवटा आँखा अस्पतालमा शिलबन्दी गरिएको छ ।

मापदण्ड पालना नगरी सञ्चालनमा रहेको भन्दै प्रशासनले विराटनगरका सात वटा निजी आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य मन्त्रालय कोशी प्रदेशद्धारा गरिएको अनुगमन पछि शिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

अनुगमनका क्रममा ती अस्पताल प्रचलित कानुनी व्यवस्था तथा आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि शिलबन्दी गरिएको हो ।

अनुगमनपछि विराटनगर १४ मा रहेको विराट आँखा अस्पताल, विराटनगर १५ मा रहेको इफराह आँखा अस्पताल, विराटनगर १० मा रहेको सञ्जिवनी आइ केयर, विराटनगर १३ मा रहेको हिमाल आँखा अस्पतालमा शिलबन्दी गरिएको छ ।

यस्तै विराटनगर ९ मा रहेको विराट रानी आँखा अस्पताल, विराटनगर १५ मा रहेको अखण्ड ज्योती आँखा अस्पताल प्रालि पनि शिलबन्दी गरिएको छ ।

त्यसैगरी विराटनगर १३ मा रहेको नेपाल आँखा अस्पताल प्रा।लि रहेको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोईरालाले जानकारी दिए ।

कानुनी मापदण्ड पूरा नगरी विशेषज्ञ प्रकृतिको स्वास्थ्य सेवा सञ्चालन भइरहेको पाइएपछि सम्बन्धित निकायले ती स्वास्थ्य संस्थामा शिलबन्दी गरेको हो ।

सम्बन्धित खबर