२०८३ भदौ ३ बुधवार , ०५:४७:५७ बजे

Sajhamanch
'

पाकिस्तानमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम माथि कडाई

बिहिवार, साउन २१, २०८३

इस्लामाबाद । पाकिस्तानी अधिकारीहरूले देशमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम माथि कडाई गरेका छन् । यस निर्णयको पत्रकार संगठनहरूले कडा आलोचना गरेका छन् ।

विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने जो कोही, पाकिस्तानी नागरिकसमेतले अब इस्लामाबाद, कराची र लाहोर सहरहरू बाहेक अन्य स्थानबाट रिपोर्टिङ गर्नका लागि सरकारसँग अनुमति लिनुपर्नेछ ।

यी प्रतिबन्धहरूले पाकिस्तानका अधिकांश भागमा विदेशी सञ्चारमाध्यमको ग्राउन्ड रिपोर्टिङलाई असर गर्नेछ । हाल विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशहरूमध्ये पाकिस्तान १५३औं स्थानमा रहेको छ ।

राजनीतिक टिप्पणीकार मुस्तफा नवाज खोखरले भने, ‘यी निर्देशिकाहरू बढ्दो रूपमा साँघुरो हुँदै गइरहेको ठाउँमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको घाँटी थिच्न बराबर हुन् ।’

सञ्चारमाध्यम माथिको अंकुश नौलो होइन, तर स्थानीय सञ्चारमाध्यमहरू प्रायः अन्तर्राष्ट्रिय सञ्चारमाध्यम भन्दा बढी दबाबमा पर्ने गरेका छन् ।

सम्बन्धित खबर