२०८३ भदौ ३ बुधवार , ०५:००:१४ बजे

Sajhamanch
'

टाङटिङले बगाएर बुद्धशान्तिका लिम्बूको मृत्यु

बिहिवार, साउन २१, २०८३

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–२ स्थित टाङटिङ खोलाले बगाएर बुद्धशान्तिका एक वृद्धको मृत्यु भएको छ ।

टाङटिङ खोलाको पूलबाट दक्षिणतर्फ खोलाले बगाएको अवस्थामा बुद्धशान्ति गाउँपालिका वडा नं १ बुधवारे नमूना टोलका ६८ वर्षीय पदमबहादुर लिम्बू थेगिमको शव फेला परेको हो ।

मृतकका छोरा दिनेश लिम्बूले शवको सनाखत गरेका छन् । घटनास्थलको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर