२०८३ भदौ ३ बुधवार , ०५:१४:४२ बजे

Sajhamanch
'

सुनकोशी नदीमा बेपत्ता तीनै जनाको पहिचान खुल्यो, गोताखोरको सहयोगले खोजी तीव्र

सोमवार, साउन १८, २०८३

काभ्रेपलाञ्चोक । सिन्धुलीमा सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार कारसहित सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल–७ का पूर्ववडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १ डुड्भञ्ज्याङका गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन् ।

फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब साढे १० बजे सडक किनारमा रोकिराखेको कारलाई बसले एक्कासि ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको गोताखोर टोलीले उनीहरूको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर