२०८३ भदौ ३ बुधवार , ०४:५३:५४ बजे

Sajhamanch
'

देवानगञ्ज घटनाबारे झापा कांग्रेस पनि बोल्यो

शुक्रवार, साउन १५, २०८३

झापा । नेपाली कांग्रेस झापाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्ने पक्षमा भूमिका खेल्न सबै पक्षलाई अपिल गरेको छ । सभापति देउकुमार थेवेले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै यस्तो अपिल गर्नुभएको हो ।

‘बहुजाति, बहुभाषी, बहुसांस्कृतिक विविधताका बीच सदियौंदेखि मिलेर बसेको समाजमा धार्मिक विषयलाई लिएर सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको द्वन्द्व र त्यसपछि उत्पन्न परिस्थितिप्रति नेपाली कांग्रेस झापाको गम्भिर ध्यानाकर्षण भएको छ’ थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रदर्शनका क्रममा कप्तानगञ्ज र गोलबजारमा जन–धनको क्षति हुनु दुःखद विषय भएको उल्लेख गर्दै प्रदर्शनका क्रममा भएको क्षतिको यकीन गरी पीडित परिवारलाई राहत दिन र शान्ति सुब्यवस्था कायम गरी धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्ने कार्यमा प्रभावकारी भूमिका खेल्न यसै नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रदर्शनका क्रममा मृत्यु भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै विज्ञप्तिमा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

सम्बन्धित खबर