२०८३ भदौ ३ बुधवार , ०४:४३:५४ बजे

Sajhamanch
'

महेन्द्र रत्न माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

बिहिवार, साउन १४, २०८३

बिर्तामोड । महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोड ३ बिर्ताबजारमा कक्षा ११ मा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विशेष कार्यक्रम गरेर स्वागत गरिएको छ ।

विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले बिहीबार कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । कक्षा १२ का छात्रा पुनम उप्रेतीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नयाँ विद्यार्थीहरुलाई अबिर र खादा लगाइदिएर स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्यौपाने, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, सहायक प्रधानाध्यापक केशव प्रसाईलगायतले मन्तव्य राखेका थिए ।

स्काउटका तर्फबाट स्वागत नृत्य देखाइएको कार्यक्रममा पुजिना सुहाङलगायतबाट लिम्बू सांस्कृतिक नृत्य, अस्मिता कार्कीबाट नृत्य, सन्दीप गुरुङबाट गीत प्रस्तुत भएको थियो । विद्या दाहाल र सविना ओलीले संयुक्तरुपमा संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रजिना सुहाङले गरेकी थिइन् ।

विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पढाइ हुने महेन्द्र रत्न माविमा कक्षा ११ मा करिव ३ सयजना विद्यार्थी भर्ना भएका छन् । दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत महेन्द्र रत्न माविलाई जिल्लाका उत्कृष्ट विद्यालयहरुको सुचिमा गणना गरिँदै आएको छ ।

सम्बन्धित खबर