
युएई। प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मध्यपूर्व महादेश कमिटी इन्चार्ज रविन्द्र अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा युवा नेता क्षितिज थेबेको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रवासी नेपाली मञ्च युएई, राष्ट्रिय कमिटीका इन्चार्ज टंकबहादुर गुरुङ, केन्द्रीय सदस्य बाबुराम विश्वकर्मा, मध्यपूर्व कमिटीका संयोजक प्रकाश कोइराला तथा मध्यपूर्व कमिटी सदस्य कृष्ण आचार्यको सहभागिता थियो।
अधिवेशनले सुमनकुमार भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रेम अधिकारी, सचिवमा मेघराज कडेल, उपसचिवमा विनोद न्यौपाने तथा मञ्जु शाही सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा चिनबहादुर केसी, कविता पुन, उत्तम खतिवडा, दिपक खनाल, घनश्याम भण्डारी, मीन नेपाली, श्यामबहादुर विश्वकर्मा, सबिन बराल, कैलाश भण्डारी, हर्कबहादुर केसी, डम्बर लिम्बू र भरत बस्नेत रहेका छन ।
नवनिर्वाचित नेतृत्वले प्रवासी नेपालीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण तथा नेपाल–युएईबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनमा युएईमा क्रियाशील विभिन्न वैचारिक संगठनका प्रमुखहरू, गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाज युएई, नेपाल पत्रकार महासंघ, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, जिल्लागत संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र ठूलो संख्यामा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।


