२०८३ भदौ ३ बुधवार , ०४:२८:०७ बजे

Sajhamanch
'

सुनसरीमा हटाइयो कर्फ्यु

मङ्गलवार, साउन १२, २०८३

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो बिहानदेखि जारी गरेको कर्फ्यु हटाएको छ । प्रशासनले गएको मध्यराति सवा १२ बजेदेखि कर्फ्यु हटाइएको सूचना प्रकाशन गरेको हो ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद रिजालले कर्फ्यु जारी गरेका थिए ।

स्थिति सामान्य बन्दै गएपछि मध्यरातदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको अर्को सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना -महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु हटाइएको हो ।

कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको छ । टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

सम्बन्धित खबर