
भद्रपुर । भद्रपुर क्रिकेट क्लबको पद हस्तान्तरण भएको छ । क्लबका निवर्तमान अध्यक्ष आदित्य पराजुलीले नवनिर्वाचित अध्यक्ष गौरव सुब्बालाई जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन गरेका हुन् ।
निवर्तमान अध्यक्ष पराजुलीको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित पदस्थापन कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले मन्तव्य राखेका थिए ।
निवर्तमान महासचिव बसन्त पोखरेल तथा सचिव केदार महतले सञ्चालन गरेको कार्यक्रममा निर्वतमान उपाध्यक्ष नितेश वर्माले स्वगत गरेका थिए । कार्यक्रममा नेपाल चिया तथा कफी विकास वोर्डका नवनियुक्त उपाध्यक्ष एवम् क्लबका निवर्तमान अध्यक्ष आदित्य पराजुली तथा परिवार नियोजन संघ झापाका नव निर्वाचित अध्यक्ष तोया गड्तौलालाई सम्मानसमेत गरिएको थियो ।
सर्वसम्मत रूपमा साउन ८ गते सम्पन्न क्लबको निर्वाचनबाट अध्यक्ष गौरब सुब्बा (मनोज), वरिष्ठ उपाध्यक्ष नितेश वर्मा, उपाध्यक्ष बसन्त पोखरेल, उपाध्यक्ष कबिन राई, महासचिव राजन भट्टराई, सचिव केदार महत र कोषाध्यक्ष पवन घिमिरे चयन भएका थिए ।
क्लबको कार्यसमिति सदस्यहरूमा बिशाल राई, सुदर्शन महर्जन, शेखर खड्का, अंकित सुवेदी, अमित शर्मा, अभिषेक ढुंगाना, तोया गडतौला, पोषराज पौडेल, अशिम शर्मा, बिक्की जैसवाल, राजेश गुप्ता र अजय साहेवाला चयन भएका थिए ।


