२०८३ भदौ ३ बुधवार , ०५:४९:४४ बजे

Sajhamanch
'

च्याउ खोज्न जंगल गएका भिमदत्त नगरपालिकाका १४ महिला एकैसाथ सम्पर्कविहीन !!

सोमवार, साउन ४, २०८३

धनगढी । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताए ।

उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिँडेका थिए । सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर