
भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा शाखाको सभापतिमा तोया गड्तौला विजयी हुनुभएको छ।
प्रतिद्वन्दी राजेन्द्र भट्टराईलाई २२ मतले पछि पार्दै गड्तौला विजयी हुनुभएको हो।
नयाँ नेतृत्व चयनका लागि असार ३१ गते भएको निर्वाचनबाट विजयी गड्तौलाले २८२ मत ल्याउँदा प्रतिस्पर्धी भट्टराईले २६० मत प्राप्त गर्नुभएको थियो।
संघको सभापति पदको ३ वर्षे कार्यकालका लागि निवर्तमान सचिव राजेन्द्र भट्टराई र पूर्व सचिव तोयानाथ गड्तौलाबीच भएको प्रतिस्पर्धामा चार मत बदर भएको थियो।
संघको निर्वाचनमा आजीवन सदस्य ६९८ र साधारण सदस्य ८९ गरी ७८७ मतदाता छन् । आज भएको निर्वाचनमा ५४६ मत खसेको निर्वाचन समितिले जनाएको छ।


