२०८३ भदौ ३ बुधवार , ०५:०२:१० बजे

Sajhamanch
'

पेट्रोल छर्केर जलेका विवेक मण्डलको पनि ज्यान गयो

मङ्गलवार, असार ३०, २०८३

काठमाण्डौ ।  पेट्रोल छर्केर जलेका सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलको उपचारका क्रममा ज्यान गएको छ ।गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डौ ल्याइएका मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको हो । मण्डलको आईसीयूमा उपचारका क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्रा।डा शंकरमान राईले जानकारी दिए ।

मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो । मण्डलसहित पछिल्लो पटक यस्तै घटनामा तीन जनाको ज्यान गएको छ । यसअघि, मुगुका गणेश नेपाली र काठमाण्डौका आश्विन राउतको पनि ज्यान गएको थियो ।

सम्बन्धित खबर