२०८३ भदौ ३ बुधवार , ०४:४२:५१ बजे

Sajhamanch
'

कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्ष, सदस्यहरु र सदस्य सचिव नियुक्त

सोमवार, असार २९, २०८३

​विराटनगर। कोशी प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेको छ। कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त गरेको हो।

सरकारको निर्णय अनुसार, प्रतिष्ठानको अध्यक्षमा मोरङका दीपक दाहाल नियुक्त हुनुभएको छ । यसैगरी, प्रदेश प्रेस रजिष्ट्रार पदमा सुनसरीका लिलाराज भट्टराईलाई नियुक्त गरिएको छ।

​गठित प्रतिष्ठानको सदस्यहरूमा पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ। सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुब ढकाल (सुनसरी) रहेका छन् ।

कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका एकजना प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

​राजपत्रमा उल्लेखित प्रस्तावना अनुसार प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्न यो ऐन ल्याइएको हो।

स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्द्धनका लागि आमसञ्चार क्षेत्रसँग समन्वय कायम गर्ने तथा क्रियाशील पत्रकार वा जनशक्तिको व्यावसायिक हित अभिवृद्धि गर्न कोशी प्रदेश सभाले यो ऐन बनाएको हो।

सम्बन्धित खबर