२०८३ भदौ ३ बुधवार , ०५:३३:३६ बजे

Sajhamanch
'

पेरुमा ९१ शिशुलाई दिइयो एर्लिङ हालान्डको नाम

सोमवार, असार २९, २०८३

फिफा विश्वकप–२०२६ मा राम्रो खेल प्रदर्शन गरेका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डको चर्चा अब मैदानमा मात्र सीमित रहेन । हालान्डको चर्चा विश्वकपमा हरेक कुनाकाप्चामा पुगेको छ ।

सामान्य रूपमा फुटबलको शैली र स्किल नक्कल गरिन्छ । तर, पेरुमा हालान्डको बारेमा अच्चमको ट्रेन्ड देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फ्रान्स२४ का अनुसार विश्वकपपछि पेरुमा जन्मिएका ४६८ शिशुको नाम हालान्ड राखिएको छ । ती मध्ये ९१ जनालाई एर्लिङ हालान्ड नै नाम दिइएको छ ।

पेरुको स्थानीय सञ्चारमाध्यम पानामेरिकानलाई दिएको अन्तर्वार्तामा पेरुको राष्ट्रिय परिचय संकलन कार्यालयका कर्माचारीले भने, “पेरुमा धेरै फुटबल समर्थकहरूले आफ्नो आइडललाई मान्छन् । हालान्ड पनि पेरुभियन समर्थकले रुचाउने खेलाडी हुन् । त्यसैले उनको नाम दिइएको पेरुमा पछिल्लो समय यो ट्रेन्ड निकै बढेको छ । यसअघि तीन हजार ४०२ जनालाई मेसी नाम दिइँदा २९२ जनाको नाम लियोनल मेसी नै थियो ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डको समर्थनमा एक हजार १८५ र स्पेनिस युवा स्टार लामिन यामलको सम्मानमा एक हजार २४१ जनाको नामकरण गरिएको थियो ।

सम्बन्धित खबर