
झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा शनिबार सम्पन्न जिल्ला भेलाले निगेस श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा भिजन चेम्जुङ, सचिवमा मन्जु चिमरिया, उप–सचिवमा अभिषेक मिश्र र कोषाध्यक्षमा सुरज श्रेष्ठ चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरूमा सितल अधिकारी, गंगाराम खतिवडा, तुलसा खनाल, इश्वर रिजाल, सौगात गौतम, हितेश गुरागाई, गौरव लुइँटेल, वन्दना चुडाल, पूर्णिमा पराजुली, अश्विन धिताल, जोमर अलि र निकेस भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
कमिटीको पुनर्गठन पछि अनेरास्ववियुका कोशी प्रदेश इञ्चार्ज प्रविन कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
अनेरास्ववियु झापाका अध्यक्ष मदन ओलीको अध्यक्षतामा सम्पन्न सो भेलामा प्रमुख अतिथि कोशी प्रदेश इञ्चार्ज प्रविन कार्की, नेकपा (एमाले)का केन्द्रीय सदस्य मनोज ताम्लीले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नेकपा एमाले झापाले आफ्ना सबै जनवर्गीय संगठनहरू आगामी भदौ महिनाभित्र पुनर्गठन गर्ने योजना अनुरूप यो जिल्ला भेला सम्पन्न गरेको हो ।


