
काठमाडौं । संघीय सरकारको आजको मन्त्रिपरिषद् बैठकले विभिन्न आठवटन निर्णयहरु गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले मुख्यसचिव पदमा नियुक्तिदेखि विभिन्न नियमावलीहरू स्वीकृत गरेको हो।
बैठकले हाल प्रधानमन्त्री तथा मन्त्रपरिषद कार्यालयमा कार्यरत सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी भोजपुरका हुन् ।
यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्य काठमाडौंलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृत प्रदान गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३ स्वीकृत गर्ने, शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने, कारागार नियमावली २०८२ स्वीकृत गर्ने, मानव अधिकारसम्बन्धी छैटौं कार्ययोजना स्वीकृत गर्ने र भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने निर्णय भएको जनाइएको छ ।


