
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप गिरावट आएको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत ओरालो लाग्दै आएको नेप्से बुधबार थप ओरालो लागेको हो ।
आज बुधबार नेप्सेमा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा पुगेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका २५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने २४७ वटा कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।
बुधबार नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक राताम्य बनेको छ ।


