२०८३ असार ३० मङ्गलवार , ०९:२३:१० बजे

Sajhamanch
'

पारित भयो कोशीको बजेट

बुधवार, असार २४, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । आज बुधबारको प्रदेशसा बैठकबाट आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको हो ।

बजेट पारित गर्नका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदका लागि पक्षमा मतदान गर्न निर्देशन गरेका थिए ।

गत असार १ गते सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, सत्तापक्ष एमाले र कांग्रेसकै सांसदहरूले मन्त्रीका जिल्ला र क्षेत्रमा मात्र बजेट थुपारेको भन्दै विरोध गरेका थिए । विरोधका कारण बजेटमाथिको छलफलसमेत प्रभावित भएको थियो ।

सत्तारुढ दलभित्र बजेट पारित गरेर मन्त्रिपरिषद्‌बाट सांसदको योजनालाई सम्बोधन गर्ने सहमति भएपछि बजेटमाथि छलफल अघि बढेको थियो । बजेट संसोधनका लागि नेकपा सांसदले बुधबार दर्ता गरेको खर्च कटौतीको प्रस्ताव भने फेल भएको थियो ।

सम्बन्धित खबर