
कमल । गएराति यहाँकी एक महिलाको सर्पकाे डसाइबाट मृत्यु भएकाे छ ।
हिजाे बेलुका अन्दाजी १९:५० बजेको समयमा कमल गाउँपालिका वडा नं. ३ बस्ने ज्ञानबहादुर लिम्बुको श्रीमती अन्दाजी वर्ष ४० की सरस्वती मगर लिम्बुलाई भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले टोकेकाे थियाे ।
तत्काल उनलाई नेपाल रेडक्रस सोसाइटी दमकमा उपचाराार्थ भर्ना गरिएकोमा राति १०:४० बजे उनकाे निधन भएकाे प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय दमकमा उक्त घटनाबारे जानकारी गराइए पछि प्रहरी सहायक निरीक्षकको कमाण्डमा अस्पतालमा नै प्रहरी टोली खटी गएको अवस्थामा नै निजको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।


