
झापा । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबाट आज सम्मानित भएको छ ।
काठमाडौंमा आयोजित समारोहमा आर्थिक वर्ष २०८२/८३ मा साना किसान विकास लघुवित्तसँगको कारोबारमा उत्कृष्ट प्रदर्शन गरेकोमा सिम्रिकलाई सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको हो। उक्त सम्मानपत्र संस्थाका अध्यक्ष सुवास भट्टराई र कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले ग्रहण गर्नुभएको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सञ्चालनको २५ वर्ष सफलतापूर्वक पूरा भएको विशेष अवसरमा आयोजित वार्षिकोत्सव समारोहमा सिम्रिक साकोस सम्मानित भएको हो ।

साना किसान विकास लघुवित्तले उत्कृष्ट कारोबार, वित्तीय अनुशासन तथा सहकार्यमा उल्लेखनीय योगदान पुर्याउने संस्थाहरूलाई वार्षिकोत्सवका अवसरमा सम्मान गर्ने क्रममा यो वर्ष सिम्रिक उत्कृष्ट संस्थाका रूपमा सम्मानित एवम् प्रशंशित भएको हो। सिम्रिक साकोसले आफ्ना ८ वटा सेवा केन्द्र मार्फत् ग्रामीण, विपन्न समुदायका लागि लक्षित गरेर लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले प्राप्त गरेको उक्त सम्मानले वित्तीय कारोबारमा पारदर्शिता, प्रभावकारी व्यवस्थापन तथा सदस्यमुखी सेवाप्रतिको प्रतिवद्धतालाई थप पुष्टि गरेको जनाइएको छ।


