
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ । महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिए ।
‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ उनले भनेका छन् ।
यसअघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो । पार्टीले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
अध्यावधिक हकमा भने केन्द्रीय कार्यालयमा आउनु पर्ने सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलको भनाइ छ ।
कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा हुने भनिएको छ। त्यसअघि कांग्रेसले सदस्यता वितरण तथा अध्यावधिकको काम गरिरहेको छ ।


