२०८३ असार ३० मङ्गलवार , ०९:४२:०१ बजे

Sajhamanch
'

नेपाल चीन व्यापार फोरम : लगानी र निर्यात विस्तारमा जोड

शुक्रवार, असार १९, २०८३

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउन चिनियाँ लगानीकर्ता तथा उद्यमीसमक्ष नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास, चीन परिषद् फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेसनल कमर्सको सहकार्यमा जुलाइ १ र २ मा आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालमा प्रविधि, लगानी र औद्योगिक सहकार्य विस्तारका लागि निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

उनले चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित उपयोग अझै हुन नसकेकाले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गरे ।

‘हामीले चीनले प्रदान गरेको शून्य भन्सार सुविधाको पूर्ण लाभ लिन सकेका छैनौं’ उनले भने ‘अब यस अवसरलाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ ।’

नेपालका उच्च मूल्यका निर्यातयोग्य वस्तुहरूका लागि नयाँ बजार विस्तारमा जोड दिँदै हस्तनिर्मित कार्पेट, पस्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनको निर्यात विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

सम्बन्धित खबर