२०८३ असार ३० मङ्गलवार , ०९:११:१९ बजे

Sajhamanch
'

छिमेकी देशहरु पोर्चुगल र स्पेन विश्वकप २०२६ को अन्तिम १६ मा भिड्ने

शुक्रवार, असार १९, २०८३

काठमाडौं । दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मै भिड्ने भएका छन् ।

आज शुक्रबार बिहान भएको खेलमा क्रोएसिया माथि २–१ को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकी स्पेनसँग भिडन्त पक्का गरेको हो ।

पोर्चुगलले एक गोलले पछि परेको स्थिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो । यस्तै सुपर सब गोन्कालो रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै जित दिलाए ।

यसैगरी स्पेनले शुक्रबारै बिहान भएको खेलमा अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

युरोपका दुई छिमेकी राष्ट्रलाई विश्वकप उपाधिको दाबेदारको रुपमा हेरिए पनि अब एक टिमको यात्रा अन्तिम १६ मै समाप्त हुनेछ ।

जारी विश्वकपमा धेरैले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो बीचको ड्रिम म्याचको चर्चा गरेका थिए । तर समूह चरणमा पोर्चुगल उपविजेता बनेपछि अर्जेन्टिना र पोर्चुगलको भेट तत्काल टरेको थियो । यस्तोमा यी दुई टोली आफ्नो खेल जित्दे फाइनल पुगेमा मात्र मेसी र रोनाल्डोको खेल हुने सम्भावना छ ।

तर अब त्योभन्दा अघि ४१ वर्षीय सुपर स्टार रोनाल्डो र वर्तमान विश्व फुटबलका युवा स्टार लामिन यमालबीचको खेल भने हेर्न पाइनेछ भएको छ ।

रोनाल्डोले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दा यमाल जन्मिएकै थिएनन् । तर यमालले अब आफूभन्दा दोब्बर उमेरभन्दा जेठा रोनाल्डोसँग विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यमालले यसै विश्वकपमा डेब्यु गरेका हुन् । उनले साउदी अरेबिया विरुद्ध विश्वकपमा आफ्नो पहिलो गोलसमेत गरेका छन् ।

सम्बन्धित खबर