
काठमाडौं । पहाडको संघर्ष, जीवनदर्शन र प्रकृतिप्रतिको गहिरो भाव समेटिएको नयाँ नेपाली गीत ‘जीवनको आँधि ब्याधि’ सार्वजनिक भएको छ।
गायिका अमला महर्जन (संगीत प्रवीण)को स्वरमा रहेको यस गीतलाई सत्य नारायण प्रजापतिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
‘जीवनको आँधि ब्याधि’ गीतले पहाडको कठोर यथार्थ, संघर्ष, सौन्दर्य र जीवनको गहिरो दर्शनलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। “जीवनको आँधि ब्याधि पहाडैले रोक्छ, अजङ्गको भारी पनि पहाडैले बोक्छ” जस्ता भावपूर्ण शब्दमार्फत पहाडको आत्मा र नेपाली जीवनको मर्मलाई उजागर गरिएको छ।
निर्माण टिमका अनुसार गीतले नेपाली पहाडको मौलिकता, संस्कृति र जीवनदर्शनलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य बोकेको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको निर्माण पक्षले जनाएको छ।
गीतका शब्द ढुन्डिराज पहाडीले लेखेका हुन् भने संगीत स्वर्गीय रविन दास श्रेष्ठले सिर्जना गरेका हुन् । संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सत्यनारायण प्रजापति र प्रवी जीले गरेका छन्। गीतको रेकर्डिङ भक्तपुरस्थित विवेक साउन्ड स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा सत्यनारायण प्रजापतिको निर्देशन, अवधारणा र कथा रहेको छ। भिडियोमा कमला शाक्य, अमला महर्जन, रूपा न्यौपाने, चन्द्र महर्जन, डा. ढुन्डिराज पहाडी तथा इन्जिनियर सत्यनारायण प्रजापतिको अभिनय देख्न सकिन्छ। छायांकन विवेक शाक्यले गरेका हुन् भने सम्पादन सत्यनारायण प्रजापति र कलर तथा भिएफएक्स विवेक शाक्यले गरेका छन् ।


