२०८३ असार ३० मङ्गलवार , १०:०१:०८ बजे

Sajhamanch
'

रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

बुधवार, असार १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन् ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन् ।

यसैबीच पहिलो केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बनस्थलीमा सुरु भएको छ ।

चितवनमा भएको प्रथम महाधिवेशनपछि आज पार्टी मुख्यालयमा केन्द्रीय समितिको पहिलो बैठक बसेको हो ।

उक्त बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने बताइएको छ । रास्वपाको सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर