
झापा । गौरीगञ्ज गाउँपालिकामा सर्पदंशबाट एक वृद्धाको मृत्यु भएको छ।
गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोल बस्ने ८८ वर्षीया पञ्चमाया शेर्माको विषालु सर्पको डसाइबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार आइतबार साँझ घरै नजिकै रहेको कुखुराको खोर बन्द गर्ने क्रममा इँट्टाको चाङभित्र लुकेर बसेको सर्पले उनलाई डसेको थियो। सर्पको टोकाइबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। गर्मी र वर्षायाम सुरु भएसँगै झापाका ग्रामीण क्षेत्रहरूमा सर्पको जोखिम बढ्न थालेकाले सचेत रहन स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।


