२०८३ असार ३० मङ्गलवार , ०९:३६:४९ बजे

Sajhamanch
'

राप्रपाको राष्ट्रिय महाधिवेशन मंसिर २६ – २८ गते काठमाडौंमा हुने

बिहिवार, असार ४, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी राष्ट्रिय महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा आज बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिकासमेत परिमार्जन सहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङ्देनले बताए ।

केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उनले बताए ।

सम्बन्धित खबर