२०८३ असार ३० मङ्गलवार , ०९:१८:४३ बजे

Sajhamanch
'

‘रोल नं १’को टिकटमा ५० प्रतिशत छुट

बिहिवार, असार ४, २०८३

काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले ५० प्रतिशत छुटमा हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्न सुरु गरेको हो ।यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् ।विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार देशभरका प्रत्येक हलका सबै शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका छन् ।

यो चलचित्रले शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब र अभिभावकको संघर्षलाई उठान गरेको छ ।रोल नं १’लाई जोन योञ्जनको निर्देशन गरेका छन् ।चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।शिवराम श्रेष्ठ डीओपी र मदन घिमिरेको सम्पादन छ ।