
काठमाडौं । अमद डियालोले अन्तिम मिनेटमा गरेको गोल मद्धतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १–० ले पराजित गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरे । उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन् ।
त्यसअघि पनि खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि फिनिसिङ गर्न सकेका थिएनन् ।
अन्तिम समयमको गोलले आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । जर्मनी र आइभरी कोस्टको समान ३ अंक भएपनि गोल अन्तरमा जर्मनी अघि छ ।
इक्वेडर र कुरासाओ भने अंकविहिन छन् । समूह इ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ ।


