
काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा एक जनाकोसहित बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
डीएसपी बिष्टका अनुसार मृत्यु हुनेमा ४ पुरुष र ४ महिला रहेका छन् । उनीहरू कसैको पनि पहिचान हुन सकेको छैन ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ ।


