
झापा । विगत २६ वर्षदेखि इन्फरमेशन टेक्नोलोजी (आइटी) व्यवसायमा रहेको बिर्तामोडस्थित क्वालिटी कम्प्युटरले नयाँ स्वरुपमा आफ्नो सेवा विस्तार गरेको छ ।
पूर्वमा आईटी क्षेत्रको विश्वासिलो एवम् अब्बल प्रतिष्ठान क्वालिटी कम्प्युटरले पछिल्लो समय उपभोक्ताहरुलाई आफूले किन्न चाहेको सामग्री रोजी रोजी लैजान पाउने गरी ‘टच एण्ड फिल’को अवधारणा अनुसार नयाँ शोरूम एक्सपेरियन्स स्टोर सञ्चालन गरेको हो ।
मोवाइलको विश्वप्रसिद्ध ब्राण्ड एप्पलका आइफोन, म्याकबुक, आइप्याड, आइवाच, एयरपड्सदेखि विभिन्न ब्राण्डका ल्यापटपहरु अलग अलग सेक्सनमा डिस्प्ले गरिएको र राजधानी काठमाडौं बाहिर पूर्वका उपभोक्ताले क्वालिटीमा मात्र ‘टच एण्ड फिल’को अनुभव गर्न पाएको निर्देशक दिपेश पाठक बताउनु हुन्छ ।

अलग अलग ब्राण्डका सामग्रीहरुको डिस्प्ले अलग स्थानमा गरिएकाले उपभोक्तालाई पनि वस्तुको आकार प्रकार नजिकैबाट देख्न सजिलो भएका र खरिद गर्न चाहेको बस्तु हेरेर लैजाने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।
ग्राहकले रोजेको सामग्रीको स्पेशिफिकेशन, वस्तु निर्माण गरिएकोदेखि टाइमआउट हुनेसम्मको मिति र मर्मतका लागि उपलब्ध स्थानहरुसमेत ट्यावबाट आफैंले हेर्न मिल्ने उक्त एक्सपेरियन्स स्टोरमा सुविधा दिइएको छ ।
प्रवेशद्वारको नजिकै डिस्प्लेमा राखिएको एप्पलका प्रोडक्टहरु ओल्टाइपल्टाई हेरेर ग्राहकलाई आकर्षित गरिएको एक्सपेरियन्स स्टोरमा विश्वप्रसिद्ध विभिन्न ब्राण्डका एसेसरिजहरु पनि अलग अलग सेक्सनमा डिस्प्ले गरिएको र यसले उपभोक्तालाई सन्तुष्ट बनाउने गरेको निर्देशक पाठक सुनाउनु हुन्छ ।

एक्सपेरियन्स स्टोर एक्सटेन्सन पछि युवा पुस्ताका उपभोक्ताहरु थप आकर्षित भएर दिनहुँ बाक्लो संख्यामा स्टोर भिजिट गर्न थालेका क्वालिटी कम्प्युटरका प्रबन्ध निर्देशक शुभ कुमाई पाठकको भनाई छ ।
सन् २००० मा कम्प्युटर प्रशिक्षणशालाका रुपमा स्थापित क्वालिटी २६ वर्षको अवधिमा ब्यापक विस्तार भई अग्रणी आईटी ब्यवसायिक प्रतिष्ठानमा रुपान्तरित भएको हो ।
आज हरेकजसो सरकारी कार्यालय तथा व्यवसायिक प्रतिष्ठानहरु क्वालिटीको विश्वासिलो एवम् भरपर्दो सेवाबाट सन्तुष्ट भई निरन्तर कारोबारमा जोडिइरहेको प्रबन्ध निर्देशक शुभ बताउनु हुन्छ ।

आज क्वालिटीको वेबपेज हेरेर नै उपलब्ध रहेका बस्तुहरु, सोको गुणस्तर र सेवासहित मूल्यहरु थाहा पाउने व्यवस्था रहेकाले खुल्ला विश्वबजार, पहुँचको अर्को स्टोरसँग यहाँको मूल्यसूचि बुझ्न एवम् गुणस्तरीय वस्तुहरुबारे जानकारी पनि सजिलो भएको उहाँहरुको भनाई छ ।





