२०८३ असार ४ बिहिवार , ०४:२१:५२ बजे

Sajhamanch
'

रोल्पामा गाडी दुर्घटना, ३ जनाको मृत्यु

बिहिवार, जेठ २१, २०८३

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो । ‘घटनास्थलमा गएको हाम्रो टोलीले एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी दिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ,’ इन्सपेक्टर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘गाडी नम्बर पनि खुलेको छैन ।’

उहाँका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५०० मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।

बिहिवार, जेठ २१, २०८३ | समाज

सम्बन्धित खबर