
काठमाडौं । हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको भाउ अस्ति मंगलबार ४०० रुपैयाँले बढेको थियो । हिजो सुनको भाउ अस्ति मंगलबारजस्तै तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ८५ रुपैयाँ घटेर तोलाको ५ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


