२०८३ असार ४ बिहिवार , ०५:०१:०१ बजे

Sajhamanch
'

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

बिहिवार, जेठ २१, २०८३

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गर्नुभएको हो ।

पुनर्गठित मन्त्रिपरिषद पाँच नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ ।

एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि यो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आउनुभएको थियो ।

अग्रवालको ठाउँमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण यही जेठ २५ गते सोमबारका लागि तय भएको छ ।

सम्बन्धित खबर