२०८३ असार ४ बिहिवार , ०५:०६:३६ बजे

Sajhamanch
'

कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

बिहिवार, जेठ २१, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेको आशङ्कामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राति सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको हो ।

यसैगरी नुवाकोटको पासाङल्हामु सडक खण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी छ ।

बिहिवार, जेठ २१, २०८३ | मुख्य समाचार, समाज

सम्बन्धित खबर