२०८३ असार ४ बिहिवार , ०४:१३:३८ बजे

Sajhamanch
'

भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै

शुक्रवार, जेठ १५, २०८३

भोजपुर । यहाँको ऐसेलु खोलामा छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ।

पुल बनेपछि आमचोक गाउँपालिका वडा नं. २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको राससलाई जानकारी दिनुभयो ।

‘ऐसेलु खोला पक्की पुल निर्माण सुरु गरेका छौँ’, प्रमुख रेड्डीले भन्नुभयो, ‘हाल तीनमध्ये एउटा पिलर ढलान भइसकेको छ ।’ दुई ‘स्पान’मा निर्माण हुने पुल ५२ मिटर लामो हुनेछ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ।

सम्बन्धित खबर