२०८३ जेठ १० आइतवार , ०३:२०:४९ बजे

Sajhamanch
'

नेपाली सांगीतिक आकासमा नयाँ स्वाद भर्दै बियोन्ड

आइतवार, जेठ १०, २०८३

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

गीतमा शब्द रचना स्वयं बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले गर्नुभएको छ । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको समिश्रण रहेको ‘झिम झिम’ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।

गीतको भिडियो निर्देशक पी. माधवले निर्देशन गर्नुभएको हो । भिडियोमा आकर्षक दृश्य संयोजन र कलात्मक प्रस्तुति देख्न सकिन्छ । कोरियोग्राफर दिपिका तामाङको कोरियोग्राफीले भिडियोलाई अझ जीवन्त बनाएको छ ।

भिडियोमा बियोन्ड स्वयं र मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ । उहाँहरूको अभिनय र अभिव्यक्तिले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

प्राविधिक पक्षमा पनि भिडियो निकै मजबुत देखिएको छ । भिडियोका डिओपी विवेक मगर हुनुहुन्छ भने छायांकन योन्जनले गर्नुभएको छ । दृश्य सम्पादन सोवित मगरले गर्नुभएको हो । भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, रंग संयोजन तथा सम्पादन शैलीले गीतलाई आधुनिक र आकर्षक बनाएको छ ।

सम्बन्धित खबर