पहिरोले घर पुर्दा चार जनाको मृत्यु

August 5, 2018 10:40 am

जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा चार जनाको मृत्यु भएको छ।

स्थानीय तीर्थ बोहराको घर भत्किँदा उनको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारकी श्रीमती, दुई छोरा र एक छोरीको मृत्यु भएको हो। लोहारलाई भने जीवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ। स्थानीय गोपाल सुनारको घर समेत पहिरोले पुरेको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।

          August 5, 2018 10:40 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: