पाल्पामा जीप दुर्घटना, दुई बेपत्ता

August 4, 2018 8:24 pm

पाल्पा । पाल्पामा शनिबार जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा तानसेन नगरपालिका -१० गणशालका २५ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए। तानसेनबाट रिब्दीकोट गाउँपालिका-६ ठिमुरेतर्फ जाँदै गरेको बा१च ८९७० नम्बरको जीप बेलुकी ६ बजेतिर ठिमुरेको देउरालीमा दुर्घटना भएको उनले बताए।

उनका अनुसार बेपत्ताहरूको खोजीकार्य जारी छ। जीप सडकभन्दा ५० मिटर तल खसेको छ। सडक चिप्लो र कच्ची भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक पन्तले बताए।

          August 4, 2018 8:24 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: