अब धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध

August 4, 2018 7:01 am

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।

सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो ।

सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन् ।

नेपाल समाचार पत्रबाट ।

 

          August 4, 2018 7:01 am | मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: