मालपोतका निमित्त प्रमुख २५ हजार घुससहित पक्राउ

August 3, 2018 8:32 pm

तेह्रथुम । तेह्रथुमको ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुब्बा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस लिदै गरेका दाहाललाई अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले प्रकाउ गरेको हो । अख्तियार ईटहरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।

कार्यालय प्रमुख दाहाल अख्तियारकै नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले बताए ।

          August 3, 2018 8:32 pm | मुख्य समाचार,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: