इनार सफा गर्ने क्रममा घरधनीसहित तीन जनाको मृत्यु

August 3, 2018 4:54 pm

काठमाडौँ । काठमाडौँको कपुरधारामा इनार सफा गर्ने क्रममा तीन मजदुरको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका, २६ कपुरधारास्थित मघवर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा शुक्रबार इनारमा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा घरधनी गौतमसहित भारत हाजिरपुरका ३६ वर्षिय अशोककुमार, कैलाली टिकापुरका २३ वर्षिय रमेश चौधरी रहेका छन् ।

इनारमा डुबेका मेघवर्ण र अशोकको ग्रिनसिटी अस्पताल बसुन्धारामा र रमेशको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

          August 3, 2018 4:54 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: