भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद

August 3, 2018 4:36 pm

काठमान्डौं   अहिले साउन महिना चलिरहेको छ। अबको दुई हप्तापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। केही अघि भिक्षा माग्ने कानुनबारे र अश्लील सामाग्रीबारे चर्चा गरेका थियौँ, आज अश्लील बोलेमा वा जिस्क्याएमा के हुने भन्ने बारे।

तपाईँलाई थाहा छ? भदौदेखि फेसबुक, ट्विटर वा इमेलबाट कसैलाई अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद हुनसक्ने कानुन लागू हुँदैछ। यस्तो व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेको छ। हेरौँ के छ कानुनमा?

यस्तो कानुन पहिले पनि नभएको हैन। आसय करणी भनिने यो पुरानो कानुनलाई अहिले विस्तृत बनाइएको छ। अहिलेको कानुनमा विद्युतीय माध्यम भनेर इमेल, इन्टरनेट जसमा फेसबुक, ट्विटर आदि पनि पर्छन्, त्यसलाई पनि समेटिएको छ

ऐनको दफा २२४ मा यस्तो भनिएको छ-

यसले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल, इमेल आदिबाट कसैलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा पठाएमा, अश्लील चित्र वा फोटो देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा यौन दुर्व्यवहार गरेको मानिनेछ। यस्तो गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।

          August 3, 2018 4:36 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: