खाद्य गुणस्तर परीक्षण अब ठाउँको ठाउँ

August 3, 2018 7:32 am

काठमाडौं । सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ।

बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको छ।

बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तरकारी, घिउ, तेल, पानी, मासुलगायत खाद्यवस्तु, तिनमा प्रयोग हुने रंगको नमुना संकलन गरेर तत्काल ल्याब परीक्षण गरिनेछ।

यसरी संकलन गरिएको नमुनामा भएको विषदी, रसायन घुम्ती ल्याबमा परीक्षण हुनेछ। ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितको उपकरण जडित तीनवटा भ्यान विभागले ल्याएको छ। दैनिक रूपमा खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न लागेको विभागका महानिर्देश सञ्जीवकुमार कर्णले बताए।
नागरिक दैनिकबाट ।

          August 3, 2018 7:32 am | मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: