कांग्रेसले गर्यो संसद बैठक बहिष्कार

August 2, 2018 3:25 pm

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा कांग्रेसले मन्त्रीसँगको प्रश्नउत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

प्रतिपक्षी दलका सांसदहहरुले विरोध गर्दै उभिइरहेका बेला सभामुखले कार्यसूची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसदहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

 

          August 2, 2018 3:25 pm | राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: