सर्वोच्चको ठहरः दादुराको खोपले चार बालबालिकाको मृत्यु

August 1, 2018 7:20 am

पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ ।

०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो ।

मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ ।

खोपकै कारण ज्यान गुमाउने १९ महिनाकी गौरीका हजुरबुबा पुर्णबहादुर चिरालले ढिलै भए पनि अदालतले न्याय दिएको बताए ।

नयाँ पत्रिकाबाट ।

          August 1, 2018 7:20 am | मिडियाबाट साभार

प्रतिकृयाहरू :

समाचारहरु: