झापामा पारिवारिक निजी वनको सम्भावनाको खोजी सुरु

July 31, 2018 8:52 pm

झापा । पारिवारिक निजी वन सघ नेपाल एफोनले झापाको बनमा सम्वृद्दि खोज्न निजी बनको सम्भावनाको खोजी सुरु गरिएको छ।

वन मन्त्रालयका पुर्व सचिव तथा बन विषेशज्ञ डाक्टर अन्नपुर्ण दत्त दाशको नेतृत्वमा आएको टोलीले झापामा निजी वनको सम्भावनाको खोजी शुरु गरेको हो ।

एक हप्ताबाट झापाका सवै गाँउपालिका र नगरपालिकामा स्थलगत निरीक्षण समेत गर्दै टोलीले झापाको निजी वनको सम्भावना, चुनौती, अवसरको खोजी गर्न लागेको टोलीको उपप्रमुख तथा बनस्पति विषेशज्ञ हस्तबहादुर थापाले जानकारी दिए।

टोलीले दमक ,मेचीनगर गौरादह निजी वन तथा ,विर्तामोड भद्रपुरको सूर्या प्लाई, खुदुनाबारीको मसलाको बन, अर्जूनधारा र चकचकीको रवर प्लान्ट लगायतको निरीक्षण तथा अनुगमन गरेको हो । एफोन नेपालले नेपालका ४ प्रदेशका ४ जिल्लालार्र्इ छनौट गरि अनुसन्धान सुरु गरेको एफोन नेपालका सचिवालय सदस्य राजेन्द्र भटटले जानकारी दिएका छन् ।

एफोन झापाको आयोजनामा अनुसन्धान टोलीले झापाका निजी वन लगाएका महिलाहरु,काष्ठ व्यावसायीहरु, निजी वन सम्वन्धि काम गर्ने सघ सस्थाहरु सँग समेत गोष्ठी गरिसकेको र अव झापाका सरकार प्रमुख र प्रदेश सभाका सांसदसँग समेत निजी बनको सम्भावना विषयमा अन्तरक्रियाया गर्न लागेको एफोन झापाका उपाध्याक्ष राजकुमार अ‍ोलीले बताए।

झापामा गरिएको अनुसन्धानको रिपोर्टलार्इ प्रदेशका बन मन्त्री, गृहमन्त्री तथा मुख्य मन्त्रीलार्इ बुझाउने तयारी गरेको छ।झापामा ५वर्ष भित्रमा ५० हजार हेक्टर जमिनमा निजी वन लगाउने योजना राखेको एफोनले व्यावसायी सँग मिलेर सहकार्य गर्दै अघि बढ्ने उपाध्याक्ष ओलीले जानकारी दिए।

          July 31, 2018 8:52 pm | समाज

प्रतिकृयाहरू :

समाचारहरु: